सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । यातायात व्यवस्था विभागले लामो दुरीमा चल्ने गाडी भाडा घटाएर नयाँ सूची सार्वजनिक गरेको हो ।
नेपाल आयल निगमले डिजलको भाउ लिटरमा १० रुपैयाँ घटाएपछि यातायात व्यवस्था विभागले भाडा घटाएको हो। पेट्रोलियम पदार्थको मूल्य घटेसंगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।
इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा सार्वजनिक यातायातको भाडा समायोजन हुँदै आएको छ ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले घटेको छ । यसका साथै पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
अन्तर प्रदेशको भाडा विभागले घटएपनि छोटो दुरी अर्थात् अन्तर पालिकास्तरको गाडी भाडा भने प्रदेश सरकारले घटाउनुपर्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया