यति समुहका अध्यक्ष शेर्पाले गरे सगरमाथाको सफल आरोहण

0
Shares

यती समूहका अध्यक्ष सोनाम शेर्पाले सगरमाथाको सगरमाथाको सफल आरोहण गरेका छन् ।

शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन । यो सँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गरेका छन्।

थामसेर्खु ट्रे«किङका अध्यक्षसमेत रहेका ६३ वर्षीय शेर्पा आफनो टोलीसँग मंगलबार दिउँसो सगरमाथाको क्याम्प ४ मा पुगेका थिए । मंगलबार साँझ ८ बजे त्यहाँबाट चुचुरोतर्फ प्रस्थान गरेका थिए । आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको सपःल आरोहण सम्पन्न गरेका हुन।

शेर्पाले अर्जेन्टिनाको अग्लो हिमाल (६,९६२ मिटर) अकोनकागुवा र अफ्रिकाको (५,८९५ मिटर) अग्लो माउन्ट किलिमन्जारो र यूरोपको (५,६४२ मिटर) अग्लो माउन्ट एल्ब्रस, अन्टार्कटिकाको सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर), इन्डोनेशियाको अग्लो (४,८८४ मिटर) कास्र्टेन पिरामिड चढिसकेका छन् ।

लाक्पा सोनाम शेर्पा नेपालको पर्यटन क्षेत्रका ठूला उद्यमीका रूपमा चिनिन्छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।