आइएमई पे मार्फत डेली ग्रोसेरीमा स्मार्ट क्युआर स्क्यान गर्दा १०% छुट

0
Shares

आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेु ले अब डिजी मार्टमा आइएमई पे मार्फत स्मार्ट क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गलाई छुट दिने भएको छ ।

सो अफर अन्तर्गत् ग्राहकवर्गले प्रत्येक कारोवारमा रु १०० सम्म १०% छुट पाउने छन् । अफर अन्तराल भरी सो छुट ५ पटक सम्म प्राप्त गर्न सकिने छ । ग्राहकवर्गले डिजी मार्टको सबै शाखामा सो छुट प्राप्त गर्न सक्ने छन् ।

यो अफर जेष्ठ १ देखी असार ३१ सम्म चल्ने छ।

आइएमई पे र डिजी मार्ट बिचको सम्झौता अन्तर्गत सो अफर सार्वजनिक गरिएको हो। यो अफर थोरै रकममा ग्राहकवर्गलाई धेरै सुविधा प्रदान गर्ने उदेश्यका साथ सुरु गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।