सेयर बजारमा हरियाली, कारोबार रकम पनि बढ्यो

0
Shares

सेयर बजारमा हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेपछि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

बुधबार नेप्से २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यसदिन दिन ८५ करोड बढीको सेयर कारोबार भयो। अघिल्लो कारोबार दिन ६२ करोड बराबरको कारोबार भएको थियो।

आज २६६ कम्पनीको ३५ लाख ७७ हजार २१० कित्ता सेयर ८५ करोड ७६ लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भयो। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

दोहोरो अंकले बढेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशत बढेर कारोबार भएको छ। यस दिन ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने आदर्श लघुवित्त वित्तीय संस्था र इष्टर्न हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशतले घटेको छ । यूनिक नेपाल लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । शिवम् सिमेन्ट्सको  ५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।