शाओमीले ‘रेडमी टेन २०२२’ जेठ २ देखि जेठ १७ सम्म छुटमा बिक्री गर्ने


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेडमी टेन’ २०२२ नेपाली प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सीमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । आफ्ना उपभोक्ताहरुलाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले ‘रेडमी टेन २०२२’ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।

यसबारे बोल्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रो संग बुझेका छौं र हामी विश्वस्त छौं कि ‘रेडमी टेन २०२२’ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ । ”

‘रेडमी टेन २०२२’ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ। यो स्मार्टफोनमा ६.५ इन्चको एफएचडी प्लस डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ। शक्तिशाली मिडिया टेक हेलियो जी ८८ प्रोसेसरद्वारा सञ्चालित, ‘रेडमी टेन २०२२’ ले मल्टिटास्किङ र गेमिङ सुनिश्चित गर्दै सहज र ल्याग–रहित प्रदर्शन प्रदान गर्दछ । 18W फास्ट चार्जिङ सपोर्ट रहेने यसमा शक्तिसाली 5,000mAh ब्याट्रीको साथ, प्रयोगकर्ताहरूले लगातार चार्ज नगरी विस्तारित उपयोगको मजा लिन सक्छन् ।

उपलब्धता

‘रेडमी टेन २०२२’ पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध हुनेछ । यो ४ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

‘रेडमी टेन २०२२’ ४ जीबी प्सल ६४ जीबी –वास्तविक मूल्य रु २०,४९९ र छुट मूल्य रु १९,९९९ रहेको छ ।

‘रेडमी टेन २०२२’ ६ जीबी प्लस १२८ जीबी ( वास्तविक मूल्य रु २३,९९९ र छुट मूल्य रु २२,९९९ रहेको छ ।

‘रेडमी टेन २०२२’ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ, र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।