हिमालयन बैंकद्वारा बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग प्रदान


हिमालयन बैंक लिमिटेडले हेपाली हाइट, बुढानिलकण्ठ स्थित काठमाण्डौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थलाई काठमाण्डौंमा बाल अस्पताल निर्माण गर्नका लागि बीस लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बुधबार उक्त आर्थिक सहयोग प्रदान गरेका हो ।

सन् २०१७ सालमा स्थापना भएको काठमाण्डौं इन्सटिच्यूट अफ चाइल्ड हेल्थ, एक गैर नाफा मुलक संस्थाका रुपमा सबैका बाल–बच्चाहरुका लागि सुलभ मूल्यमा सहज ढंगले उच्च गुणस्तरको बाल स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अग्रसर रहेको छ ।

सो संस्थाले दमकमा पनि बाल अस्पताल संचालनमा ल्याइ सेवा प्रदान गरेको छ । उक्त संस्थाको सत्कर्मलाई आत्मसाथ गर्दै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग प्रदान गरेको हो ।

बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले अध्यक्ष प्रो.डा. भगवान कोइरालालाई सो रकम बंैकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा एक समारोहका बीच हस्तान्तरण गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।