आगामी २ वर्ष भित्र थप ५ लाख रोजगार सृजना गर्ने सरकारको घोषणा

0
Shares

सरकारले आगामी २ वर्ष भित्र थप ५ लाख रोजगार सृजना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मार्फत सरकारले निजी क्षेत्रको सहकार्यमा थप ५ लाख रोजगार सृजना गर्ने जनाएको हो ।

आगामी आवको नीति तथा कार्यक्रममा ‘युवा संग सरकार हुने छैनन् बेरोजगार’ अभियान सञ्चालन गर्ने योजना गरेको हो । सरकारले निजी क्षेत्रसंगको सहकार्यमा आगामी २ वर्ष भित्र ५ लाख आन्तरिक रोजगार सृजना गरीने राष्ट्रपति रामचन्द्र पौडेलले बताए ।

सरकारले निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले उत्पादनसंग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलता सम्बन्धित संस्था, कोष तथा कार्यक्रमहरुलाई एकिकृत गर्ने भएको छ । श्रम बजारको माग अनुसार सीपयुक्त मानव संशाधन उत्पादनका लागि सरकारी तालिम प्रदायक संस्थाहरुलाई एकीकरण गरी राष्ट्रिय प्रविधिक तथा व्यवसायीक प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

श्रम र श्रमीकको कदर हुने गरी न्यूनतम पारिश्रमीक निर्धारण एवम कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न स्वचालित ज्याला प्रणाली लागु गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । विभिन्न मुलकसंगको श्रम सम्झौताको पुनरावलोकन गर्दै नयाँ गन्तब्यको समेत पहिचान गर्ने सरकारले जनाएको छ । श्रम अनुमती र पुन श्रम स्वीकृति प्रदेश तहबाट अनलाइन मार्फत उपलब्ध गराउने सरकारले जनाएको छ ।

बैदेशिक रोजगारीमा रहेका सबै नागरिकलाई समाजिक सुरक्षा कोषमा आवद्ध गर्ने र कोषको दायर थप प्रभावकारी र फराकिलो बनाउदै लगिने आगमी आवको नीति तथा कार्यक्रममा उल्लेख छ ।

बैदशिक रोजगार सम्बन्धी समस्या तथा गुनासो सुनुवाइका लागि २४ अ‍ै घण्टा हटलाइन सुविधा उपलब्ध हुने । विदेश स्थिती दुतावासमा राखिएका श्रमिक डेस्कलाई थप व्यवस्थित गरीने सरकाले जनाएको छ । आगामी आवमा सरकारले सबै किसिमका समाजिक सुरक्षा कार्यक्रमलाई एकिकृत गरीने समेत जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।