बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सुनचाँदी व्यवसायीको आग्रह

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।

नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै ब्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । उनले ब्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।