सुनसरीमा मिटरब्याजीविरुद्व दुई सय ४९ उजुरी दर्ता 

0
Shares

सुनसरी जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध दुई सय ४९ जनाले उजुरी दर्ता गराएका छन् । 
 
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले जानकारी दिए । वैशाख १७ गते उजुरी आह्वान गरिएकामा जेठ ८ गतेसम्ममा दुई सय ४९ मिटरब्याजी पीडितले उजुरी दिएका उनको भनाइ थियो । 
 
प्रशासनले जारी गरेको सूचनामा मिटरब्याजीले गरेको ठगी र शोषणविरुद्ध सम्भबभएसम्म आ–आफ्ना बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएकामा समयसीमाभित्र दुई सय ४९ जनाको उजुरी दर्ता भएको आएको प्रजिअ पाण्डेले जानकारी दिए । 
 
सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोह, व्यक्ति र संस्थाबाट पीडित भएको भन्दै सर्वसाधारणबाट दुई सय ४९ बिरुद्ध उजुरी परेकामा दुईजना प्रतिनिधि पनि रहेका छन् ।
 
इनरुवा ६ का वडाध्यक्ष सुमन थापा र कोसी–१ का वडाध्यक्ष सोभितनारायण यादवविरुद्व उजुरी आएको प्रजिअ पाण्डेले बताए ।प्राप्त निवेदनमाथि प्रमाणका आधारमा पहिलो चरणमा पक्षबीचमा छलफल गर्ने र त्यसपछि थप समन्वय गरी मुद्दा चलाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
 
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।