सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

0
Shares

नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य घटेको छ छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य केही बढेको छ भने चाँदीको घटेको छ। सुन प्रतिऔंस १९७८.२२ डलर पुगेको छ। मंगलबार सुन प्रतिऔंस १९६०.९२ डलर थियो। यसैगरी मंगलबार प्रतिऔंस २३.४९ डलर रहेको चाँदी बुधबार घटेर २३.४६ डलर छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।