भिभो मोबाइलको बिक्रेता एपेक्स मनोकामनाको कारोबार एक अर्ब ३३ करोड

0
Shares

नेपालमा भिभो मोबाइल फोन तथा भिभो फोनका एसेसोरिजको आधिकारिक बिक्रेता एपेक्स मनोकामनाले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२१ मा १ अर्ब २९ करोड ५० लाख सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको सञ्चालन आम्दानी ४ करोड ३० लाखले बढेको हो । कम्पनीको सञ्चालन आम्दानी बढेसँगै अन्य वित्तीय सूचांकमा पनि सुधार आएको छ ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, कर र भाडा सहितको नाफा सन् २०२१ मा कुल सञ्चालन आम्दानीको ३.९७ प्रतिशत थियो भने सन् २०२२मा सो नाफा बढेर ४.४४ प्रतिशत पुगेको छ ।

सन् २०१७ मा स्थापना भएको एपेक्स मनोकामना प्रालिले स्थापनाको समयदेखि नै भिभो ब्रान्डको आधिकारिक बिक्रेता रहेको छ । कम्पनीले विशेषत नेपालको बागमति, मधेश तथा कोशी प्रदेशमा भिभो मोबाइल फोनको बिक्री वितरण गर्दै आएको छ । सन् २०२३ को अप्रिल महिनासम्म कम्पनीका देशभर २२ डिलर रहेका छन् ।

बजारमा विभिन्न ब्रान्डका माबाइल फोनहरु उपलब्ध छन् । आकर्षक सुविधा सहितका विलासी फोनहरुमा मानिसहरुको ध्यानकर्षण हुँदा कम्पनीले उद्देश्य अनुरुपको आम्दानी गर्न सकेको छैन ।

तथापि आगामी समयमा भिभोले बजारमा ल्याउने नयाँ मोबाइल फोनहरुले ग्राहकको ध्यान खिच्न सकेमा कम्पनीको आम्दानी बढ्ने देखिन्छ।

कम्पनीका अध्यक्ष मुकुन्द प्रसाद तिमिल्सिना रहेका छन् भने उपाध्यक्ष सुधिर प्रसाद तिमिल्सिना रहेका छन् । ७३ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ७३ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४प्लस रेटिङ गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल ऋणको १.८८ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।