‘आइएमई पे’ को नयाँ अफर- रु. १ को खेल आइएमई पे एपमा

0
Shares

आइएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।

जेठ १० गते देखि जेठ १७ गतेसम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन् ।

प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा रु. १ मा के ब्यानरमा गइ खेल्न सक्नुहुनेछ । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।