सामसङ इनोभेसन क्याम्पसको कोडिङ र प्रोग्रामिङ कोर्स पुल्चोक क्याम्पसमा

0
Shares

सामसङको फ्ल्यागशिप सिएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो व्याचका विद्यार्थीहरूको कोडिड र प्रोग्रामिङको कोर्स समाप्त भएको छ ।

प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरू गर्नेछन् । विद्यार्थीलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया नेपाल कार्यालयका प्रमुख सुग जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डिन डा। शशिधर राम जोशीको उपस्थिति थियो ।

सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सिएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो ।

यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिड्स, बिग डेटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना बनाएको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउनेछ ।

कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डेटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वसर्तहरू छन् । कोर्सको एक भागको रूपमा युवालाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीप प्रदान गरिन्छ, जसले विद्यार्थीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउने विश्वास कम्पनीको छ ।

प्राविधिक प्रशिक्षणका साथै यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरूलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ जेठ २०८०, शुक्रबार  १८ : ३८ बजे