चिया सागरको नयाँ आउटलेट महाराजगञ्जमा


चिया पारखीहरू गफिने नयाँ अड्डा खुलेको छ । चिया सागरले काठमाण्डौंको नयाँ बानेश्वरपछि महाराजगञ्जको श्रीकान्ति मार्गमा नयाँ आउटलेट विस्तार गरेको हो ।

चिया पारखीहरू गफिने नयाँ अड्डाको लागि केशव शर्मा, प्रकाश पौडेल र नवीन शर्माले ८० लाख रुपैयाँ खर्चिएका छन् । जहाँ मनै लोभ्याउने वातावरणमा मिठो चिया पिउन पाइन्छ ।

सोमबार एक समारोहबिच नायक सलोन बस्नेत र मोडल याङ्शु श्रेष्ठले सयुक्तरुपमा चिया सागरको नयाँ आउटलेट उद्धघाटन गरेका हुन् । चिया सागरमा ५५ प्रकारका चिया पाइन्छन् ।

विशेषगरि चिया सागरको मेनुमा मट्का, मसला, आइस टि, घरको चिया, हर्बल टी, ग्रिन टी, फ्रुट टी उपलब्ध छन् । निकै चर्चित चाहिँ मसाला चिया छ । ‘ए वान ग्रेड’को मसाला मिसाएर आफ्नै रेसिपी तयार पारिएको छ ।

चियाका पारखीहरूलाई फरक–फरक स्वाद चखाउने उद्देश्यले खोलिएको चिया सागरमा ३० देखि तीन सय रूपैयाँ कप सम्मका चिया उपलब्ध छन् । चिया, कफी बाहेक यहाँ बेकरी आइटम पनि उपलब्ध छन् । चिया सागर बिहान साढे ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला हुन्छ ।

चिया सागरका सञ्चालक केशव शर्माका अनुसार बानेश्वरमा खोलिएको चिया सागरको पहिलो पसलका ग्राहकहरुको सुझाव सल्लाह र अनुरोधमा महाराजगञ्जमा नयाँ पसल खोलिएको हो । स्थानीय क्षेत्रका चिया पारखीहरुको समेत विशेष चासो र आग्रहमा सो क्षेत्र रोजिएको उनले बताए ।

शर्मा भन्छन्, ‘नेपालीहरूमा संस्कृतिको रुपमा विकास भइसकेको आदत र शैली ‘चिया पिऊँ’ को संस्कारलाई थप परिमार्जन गरेर आधुनिक शैलीमा चिया पस्किने थलो हो, चिया सागर । यहाँ एक प्रकारको शान्त, रमाइलो वातावरणसहित चिया पारखीहरूलाई चिया खुवाउने हाम्रो उद्देश्य हो ।’

यहाँको सजावटमा आधुनिकसँगै नेपाली मौलिक वस्तुले पनि स्थान पाएका छन् । चिया सागरमा डालो उल्टो झुन्ड्याएर बत्ती बालेको देखिन्छ । भित्र सिलिङ र भित्ताहरूमा नाङ्लो टाँसिएको देख्न सकिन्छ । दुई सयभन्दा धेरै नाङ्लो र डोकोले चिया सागरलाई निकै नै आकर्षक बनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।