ब्रिटिस कलेजका पाँच विद्यार्थी इन्टर्नसिपका लागि जर्मनी र थाइल्याण्ड जाने


द ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरू आइएस्टीद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय इन्टर्नशिपका लागि जर्मनी र थाइल्यान्ड जाने भएका छन् ।
यस यात्रामा विद्यार्थीहरुले विभिन्न अवसरहरूमा भाग लिन पाउनेछन् ।

आठदेखि १२ हप्तासम्म चलेको छनोट प्रक्रियामा आफुलाई अब्बल साबित गर्दै ब्रिटिस कलेजका पाँच जना विद्यार्थीहरु छनोट भएका हुन् ।

अनमोल कार्की (बीएससी आईटी लेभल ६) थाइल्याण्डको थामसार्ट विश्वविद्यालयमा सूचना प्रविधि र औद्योगिक इन्जिनियरिङमा काम गर्न जानेछन् भने बाँकी चारजना विद्यार्थी जर्मनी जानेछन् ।

योगेश श्रेष्ठ (एमएस्सी आईटी, लेभल ७) मेकाट्रोनिक्स, रोबोटिक्स, र अटोमेसन इन्जिनियरिङमा काम गर्न एप्लाइड साइन्स इन्जिनियरिङ विश्वविद्यालयमा जानेछन् । गरिमा ढकाल (बीएससी आईटी लेभल ६) कम्प्यूटर प्रोग्रामिङ इन्टर्नशिपका लागि बुन्डेसन्स्टल्ट फर मटेरियलफोर्सचुङ अण्ड प्रुफङ (बीएएम) मा जानेछिन् । त्यस्तै प्रिया दङ्गल (बीबीए,लेभल ६) लजिस्टिक, मटेरियल र सप्लाई चेन म्यानेजमेन्टमा काम गर्न मर्सेबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, मर्सेबर्ग, जर्मनी जानेछिन् ।

त्यस्तै अवंतिका नेपाल (बीएससी आईटी लेभल ६) फ्रेडरिक शिलर विश्वविद्यालयको यात्रा गर्नेछिन्, जहाँ उनले आर्टिफिसियल इन्टेलिजेन्स र कम्प्युटर विज्ञान कार्यक्रममा भाग लिनेछिन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।