बजेटः सबै किसिमका भत्ता तथा प्रेत्साहन खारेज हुने


सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।

सरकारी खर्च न्यूनीकरण गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था गर्न लागिएको अर्थमन्त्री महतले बताएका छन् ।

कम्पनी दर्ता निशुल्क गरिने, सय रुपैयाँ पूँजीमा कम्पनी खोल्न सकिने व्यवस्था पनि मन्त्री महतले गरेका छन् ।