वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन ३० दिनमा स्वीकृत गरिने


सरकारले वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन पेश भएको ३० दिनमा स्वीकृत गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

वातावरणीय प्रभाव मुल्याङकन गर्न वन क्षेत्रमा प्रवेश गर्दा नै कटान हुने रुखको संख्या, जात तथा प्रयोग हुने वनको क्षेत्रफल एकिन गर्ने लगायतका कार्य एकैपटक सम्पन्न गर्नेगरी कानूनी व्यवस्था मिलाइने छ, मन्त्री महतले भनेका छन् ।

वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन स्वीकृतिका लागि रितपुर्वक पेश गरेको ३० दिनभित्र वन तथा वातावरण मन्त्रालयले निर्णय दिइसक्नुपर्ने व्यवस्था गरिने मन्त्री महतले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।