एनआइबिएल एस क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध


एनआइबिएल एस क्यपिटल लिमिटेड नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ ।

भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न एनआइबिएल नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको हो ।

सम्झौतामा एनआइबिएल एस क्यपिटलका तर्फबाट संस्थाका डेप्युटि प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अब एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सकिने छ ।

साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सकिने छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले सन् २०११ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, सम्पत्ति व्यवस्थापन सेवादेखि डिपोजिटरी पार्टिसिपेन्ट सम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीएलमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने १५ बीमा कम्पनीहरुका साथै अन्य पिएसपी\पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ९० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट\प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।