एलिट क्यापिटलद्धारा रिलायबल लाइफको सेयर प्रत्याभूति

0
Shares

एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ ।

बुधवार एलिट क्यापिटल र रिलायवल लाईफबिच यस सम्बन्धि सम्झौता भएको हो । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयामा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।

विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ अर्ब पुर्याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।