चुडामणि शर्मालाई अकुत सम्पत्ति आर्जनमा सफाइ, राजस्व चुहावटमा दोषी

0
Shares

कर फर्छर्योट आयोगका पूर्व सदस्य तथा आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा ढकाल राजस्व चुहावटमा दोषी ठहरीएका छन् । अकुत सम्पत्ति आर्जन र राजस्व चुहावट गरेको अरोप लागेका शर्मालाई बिहीबार विशेष अदालतले दोषी ठहर गरेको हो ।

उनलाई अकुत सम्पत्ति आर्जन गरेको तथा कर फछ्र्योट आयोगको सदस्य हुदाँ राजस्व चुहावटको अरोपमा सरकारले मुद्दा हालेको थियो । उक्त मुद्दाको फैसला गर्दै विशेष अदालतले बिहीबार शर्मालाई अकुत सम्पत्ति आर्जनमा सफाइ दिदै राजस्व चुहावटमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बिहीबार फैसला गर्दै आयोगका सदस्य शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

पूर्वमहानिर्देशक शर्मा सहितले सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजश्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानबिन गरेको थियो ।

आयोगले गरेको छानबिनका क्रममा शर्माले करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी राज्यकोषको दुरुपयोग गरी १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर कर छुट दिएको आरोपमा सरकारले मुद्दा चलाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।