ग्लोबल आइएमई र बिओके क्यापिटल मर्जरमा जाने, कति तोकियो स्वाप रेसियो ?

0
Shares

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेडले एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् । मर्जर प्रस्ताव पारितका लागि दुबै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् ।

ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएको छ ।

दुई क्यापिटलबीच १.०.५३ सेयर स्वाप अनुपातमा मर्जर प्रस्ताव पारित गरेका हुन् । बिओके क्यापिटलको १ कित्ता सेयर बराबर ग्लोबल आइएमई क्यापिटलको ०.५३ कित्ता सेयर आदान प्रदान अनुपातमा मर्जर हुनेछन् ।

दुबै कम्पनीले सभा मार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछन् ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएर २०७९ पुस २५ गतेदेखि एकीकृत कारोबार थालेका थिए । माउ कम्पनीहरु मर्जर भएपछि ती बैंकका सहायक क्यापिटलहरु एक हुन लागेका हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।