अवसर इक्वीटी फन्डले हिम प्रभात हाइड्रोमा ३९ करोड लगानी गर्ने

0
Shares

नेपालको पहिलो इक्वीटी फन्ड–अवसर इक्वीटी डाइर्भसिफाइड फन्डले हिम प्रभात हाइड्रोपावर लिमिटेडमा ३९ करोड ६ लाख लगानी गर्ने भएको छ ।

दोलखा जिल्लामा हिम प्रभात हाइड्रोपावर कम्पनीले निर्माण गर्दै गरेको सागु खोला–१ हाइड्रोपावर र सागु खोला हाइड्रोपावर परियोजनामा अवसर इक्वीटी फन्डले लगानी गर्ने भएको हो ।

हाल हिम प्रभात हाइड्रोपावरले सागु खोलाबाट ५.५ मेगावाटको सागु खोला–१ हाइड्रोपावर परियोजना र २० मेगावाटको सागु खोला हाइड्रोपावर परियोजनाको निर्माण गरिरहेको छ । दुवै परियोजनाबाट उत्पादित बिजुली सिंगटी सव–स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

दुवै परियोजना मार्फत उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणसँग ‘टेक–अर–पे’मा विद्युत खरिद सम्झौता भएको छ । यससँगै आयोजनाबाट उत्पादित सम्पूर्ण बिजुली प्राधिकरणले खरिद गर्ने सुनिश्चितता भएको छ । यी दुवै परियोजना सन् २०२५ को अप्रिल १२ बाट सञ्चालनमा ल्याउने लक्ष्य छ ।

नेपाल धीतोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत स्थापना भएको अवसर इक्वीटी फन्ड निजी क्षेत्रबाट सञ्चालित पहिलो प्राइभेट इक्वीटी भेन्चर क्यापिटल कम्पनी हो ।

प्राईभेट इक्वीटीमा पनि देखियो आकर्षण, नेपालकै पहिलो ‘अवसर इक्वीटी’ लाई लगानीकर्ताको अत्याधिक विश्वास

अवसर इक्वीटीलाई ५ अर्बको प्राइभेट इक्वीटी फण्ड सञ्चालनका लागि बोर्डको अनुमति

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।