नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्वारा “एन.आई.सी.सी.आई दिवस २०२३” घोषणा


नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआइसिसिआइ) ले ‘जुन ५’ लाई व्यापार बैठक – एन.आई.सी.सी.आई. दिवस २०२३ को घोषणा गरेको छ ।

काठमाडौंमा सोमवार आयोजित एक कार्यक्रममा संस्थाले पहिलो संस्करणको न्यूजलेटर पनि अनावरण गरेको छ । सन् २०१४ मा स्थपना भएको नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीले इटाली र नेपालबीच व्यापारिक सम्बन्धको प्रवद्र्धन र विकास गर्न विभिन्न कार्यहरु गर्दै आएको छ ।

कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन मद्दत पुग्ने बताइएको छ। इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए ।

एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार ‘एन.आई.सी.सी.आई. दिवस २०२३’ ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको छ । यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतिक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गरे ।

सय कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ । बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन् ।

नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापुर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य गरेका थिए । नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री नेपालमा स्थापित कम्पनी तथा उद्यमीहरूको सम्मानित संस्था हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।