जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुकक्लोज मिति तोकेसँगै १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन गरिएको हो ।
सोमबार कारोबार भएको अन्तिम मूल्यको आधारमा सेयर समायोजन गरिएको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६३९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
समायोजनपश्चात लघुवित्तको सेयरमूल्य १ हजार ४३४ रुपैयाँ ५७ पैसा कायम भएको छ । समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुलेको छ ।
लघुवित्तले द स्टार होटल तिलोत्तमा रुपन्देहीमा असार ४ गते सोमबार सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २०७९ असार मसान्तमा कायम रहेको चुक्ता पुँजी सोह्र करोडको १४.२५ प्रतिशतले हुन आउने रकमको बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश जारी गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया