बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न


नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन” सम्पन्न गरेको छ ।

आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यका साथ कम्पनीले यो अभियान नयाँ वर्ष २०७८ को अवसरमा सुरुवात गरेको थियो ।

अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा २५ प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, १० हजार रुपैयाँसम्मको पक्का नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो ।

अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का निर्देशक अभिमन्यु गोल्छाले भने, “यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र संगै यो उत्सवलाई मनाउने एक माध्यम थियो । नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ ।”

देशभरका ग्राहकहरूले “नेतृत्वको २५ वर्ष” अभियानका आकर्षक अफरहरूको लाभ लिएका थिए । ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाज ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।

बजाज ब्राण्ड नेपालको सबैभन्दा भरपर्दो मोटरसाइकल ब्रान्ड हुनुका साथै यसको सबैभन्दा ठूलो सर्भिस नेटवर्क रहेको विज्ञप्तिमा उल्लेख छ । रिसेल मूल्य पनि उत्कृष्ट रहनुका साथै यसका गुणस्तरिय उत्पादनहरू, स्पेयर पार्टको सहज उपलब्धता र ग्राहक मैत्री सेवा सुविधाप्रतिको प्रतिबद्धता जस्ता कारणहरुले गर्दा नै बजाज बाइकले बजारमा उच्चतम स्थान हासिल गरेको कम्पनीले जनाएको छ ।

यसका साथै बजाजको “फ्री लि लि योजना” पनि चालु रहेको छ । जस अन्तर्गत उपभोक्ताहरुले १२५ सिसिसम्मको बजाज बाइकको खरिदमा १९२ लिटरको सामसुङको रेफ्रिजेरेटर प्राप्त गर्न सक्नेछन् । बजाजको अर्को ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज दरको अफर पनि चालु रहेको छ, जस अन्तर्गत उपभोक्ताहरुले ५० प्रतिशत डाउनपेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदरमा हुलास फिनसर्भ मार्फत फाइनान्समा बाइक खरिद गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।