प्रभु बैंकको ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


प्रभु बैंकले ४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक विभिन्न संस्थापक सेयरधनीकोे नाममा रहेको ४५ लाख ७५ हजार २६१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा १९ लाख २४ हजार ४५९ कित्ता सेयर संस्थापकका लागी र २६ लाख ५० हजार ८०२ कित्ता सेयर अन्य व्यक्ति संस्थ वा कम्पनीको लागी बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले उक्त कित्ता सेयर खरिदका लागी आज शुक्रबारदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । संस्थापक सेयरधनीबाट १९ लाख २४ हजार ४५९ कित्ता सेयरमा आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

यस्तै बैंकले २६ लाख ५० हजार ८०२ कित्ता सेयर आम सर्वसासाधारणका लागि बिक्री खुला गरेको छ । उक्त सेयरमा इच्छुक संस्थापक सेयरधनीले १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

उक्त सेयर खरिदको लागि बैंकले पहिलो प्राथकिमता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेकोले आम सर्वसाधारणका लागी आवेदन खुलाइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।