कामना सेवा विकास बैंकका ग्राहकलाई मुस्ताङ्ग होटलमा आकर्षक छुट


कामना सेवा विकास बैंक र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।