रिलायन्स फाइनान्सको ७ करोड २० लाख बराबरको लाभांश घोषणा

0
Shares

रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५ करोड ३० लाख ६ हजार ३१९ रुपैयाँको कुल ६.८४ प्रतिशतले हुन आउने ७ करोड २० लाख ४७ हजार ८०१ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा ६.५ प्रतिशतले हुन आउने ६ करोड ८४ लाख ४५ हजार ४११ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशतले हुन आउने ३६ लाख २ हजार ३९० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।