सिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई पोस्ट अपरेशन मनिटर र फ्रिज वितरण

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेली द्वारा रंगेली अस्पातलाई एक समारोहका विच ती सामान प्रदान गरेको हो ।

उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यसको साथै सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पस लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ ।

सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ।

बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरु बाट करिव १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।