एमजिको जेडएस इभिको बुकिङ खुल्यो, कति बढ्यो मूल्य ?


एमजि भेइकलको नेपालका लागि आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि-बुकिङ खुल्ला गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा कर बृद्धि भए पनि एमजिको यस मोडलको गाडीको मुल्य ५२ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । बजेट सार्वजनिक हुनु अघि यो सवारी साधनको बजार मूल्य ५२ लाख ४९ हजार रुपैयाँ थियो । बजेटमा करमा गरिएको वृद्धि पश्चात उक्त सवारीको मूल्य ५० हजार रुपैयाँले वृद्धि गरिएको हो ।

विश्वमा चर्चित एमजि ब्रान्डका विविध मोडलका गाडीहरु नेपाली बजारमा अधिक रुचाइएका कारण आफू एउटा अब्बल ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ । विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजिले आफूलाइ नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको जनाएको छ ।

कोभिडपश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा एमजी ब्रान्डको बढ्दो मागका कारण विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सकिएको कम्पनीले जनाएको छ । जसका कारण नेपालमा विद्युतीय गाडीमा भएको कर वृद्दिका बावजुद पनि जेडएस इभि (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक नपरेको कम्पनीको भनाई छ ।

प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२ लाख ४९ हजारमा नै गाडी उपलब्ध हुने जनाएको छ ।

नयाँ एमजि जेड एस. इभि. (डिलक्स) ९९ मोटर पीक पावरले २८० एलएm अधिकतम टर्क प्रदान गर्ने तथा ५१ केडब्लूएचको ब्याट्री क्षमताले एक पटकको चार्जमा ३२० किलोमिटरको रेञ्ज दिने कम्पनीले जनाएको छ । ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने ब्याट्रीमा ८ वर्षको वारेण्टी उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाको लागि ६ वटा एयर ब्याग, इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएको गाडीमा मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४ वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर-फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।

एमजि जेड एस. इभि (डिलक्स) भेरियन्ट डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू गरि ५ रंगमाउपलब्ध हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।