यूनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ

0
Shares

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नियुक्त भएको छ । यी कम्पनीहरुले सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यससँगै अब कम्पनिको धितोपत्र कारोबार सम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड नारायणचौर नक्सालबाट हुनेछ ।

यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।