सम्पत्ती शुद्धिकरणमा कडाई गर्दै धितोपत्र बोर्ड, ब्रोकरसँग माग्यो कार्यान्वयन अवस्थाको विवरण

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीहरुलाइ पत्राचार गर्दै सम्पत्ती शुद्धिकरण निवारण सम्बन्धी भए गरेका कामको विवरण मागेको छ । बोर्ड गत साउन देखि लागु गरेको सम्पत्ती शुद्धिकरण निर्देशीका अनुसार धितोपत्र दलाल कम्पनीले संकलन गरेको शेयर लगानीकर्ताको विवरण मागेको हो ।

धितेपत्र बोर्डले अधिकासं दलाल कम्पनीलाई सम्पत्ती शुद्धिकरण निवार ऐन २०६४ को दफा ७ बमोजिम सम्पत्ती शुद्धिकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिमको पहिचान, मूल्याङकन तथा व्यवस्थापन गरी सो अभिलेखको विवरण तथा कागजात बोर्ड बुझाउन निर्देशन दिएको हो । 

बोर्ड धितोपत्र बजारमा देखिएका शंङकास्पद कारोबारका विवरण आगामी एक साता भित्र अनिवार्य रुपमा बुझाउनु पर्ने भन्दै ब्रोकरहरुलाइ निर्देशन समेत दिएको हो । त्यसका साथै धितोपत्र दलाल कम्पनीले सम्पत्ती शुद्धिकरण तथा अतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी लागु गरेका नीति तथा कार्यविधिको प्रतिलिपि समेत बोर्डमा बुझाउन निर्देशन दिएको छ ।

ऐनमा भएको व्यवस्था अनुसार नीति तथा कार्यविधि बनाएर लागु गरे नगरेको अवस्था बुझ्नका लागि समेत नीति तथा कार्यविधिको प्रतिलिपि नै मागेको हो । ऐन अनुसार बोर्डले धितोपत्र दलालले जोखिम व्यवस्थापन नगरेको भए पहिलो पटक पत्राचार गरी सचेत गराउन सक्छ । सचेत गराउदा पनि कार्यन्वयन नभएमा कुनै एक काम गर्नका लागि रोक लगाउने र त्यती हुदा पनि नमाने ३० लाख देखि एक करोड सम्मको जरीवान गर्न सक्ने व्यवस्था छ । जरीवाना गर्दा पनि कार्यन्वयन नगरेमा कम्पनीको दर्ता खारेज सम्म हुन्छ ।

धितोपत्र दलाल कम्पनीले नीति तथा कार्यविधि नबनाएको अवस्थामा ऐन अनुसार बोर्डले धितोपत्र दलालले जोखिम व्यवस्थापन नगरेको भए पहिलो पटक पत्राचार गरी सचेत गराउन सक्छ । सचेत गराउदा पनि कार्यान्वयन नभएमा कुनै एक काम गर्नका लागि रोक लगानी र त्यती हुदा पनि नमाने २० लाख देखि एक करोड सम्मको जरीवान गर्न सक्ने व्यवस्था छ । जरीवाना गर्दा पनि कार्यन्वयन नगरेमा कम्पनीको दर्ता खारेज गर्ने सम्मको हुनेछ ।

नेपाल धितोपत्र बोर्डले सम्पत्ती शुद्धिकरण निर्देशीका २०७६ लाइ गत साउन देखि लागु गरेको छ । सम्पत्ती शुद्धिकरण सम्बन्धी ऐन, नियमावली र यस निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने संस्था र कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको सेचत गराउने तथा दश लाख रुपैयाँ देखि पाँच करोड रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था गरेको छ । त्यसका साथै निर्देशीकाले ऐन नियमको पालना नगर्ने संस्थाको हकमा संस्थाको दर्ता खारेज सम्मको कारबाही गर्ने व्यवस्था छ ।

निर्देशीकाको पूर्ण पालनाको लागि धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाइ निर्देशन समेत दिएको थियो । बोर्ड सो निर्देशन अनुसार पालना भए नभएको सम्बन्धी विवरणको माग गर्दै मंसिर १८ गते ब्रोकर कम्पनीलाइ पत्राचार गरेको हो।

निर्देशीका अनुसार धितोपत्र कारोबार गर्ने संस्थाले जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले गरेको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, क्षेत्र गत जोखिम मूल्याङ्कन सम्बन्धी प्रतिवेदन, व्यवसायिक सम्बन्ध, सीमा र प्रकृति, ग्राहक सम्बन्धी जोखिम हुनसक्ने तत्वहरु र जोखिम सापेक्ष अन्य विषयलाई समेत आधार लिनुपर्ने व्यववस्था छ ।

जोखिमलाई उच्च, मध्यम, न्यून वर्गमा वर्गीकरण गरी समिक्षाको आधारमा थप वर्गीकरण गर्न सक्ने व्यवस्था समेत निर्देशीकामा रहेको छ । जोखिम मूल्याङ्कन गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा बृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नु पर्ने तथा जोखिमको आधारमा कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने निर्देशीकाको व्यवस्था अनुसार बोर्डले विवरण माग गरेको हो ।