ग्रेट वाल मोटर्सको आफ्नै ब्याट्री प्रविधि, विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै


काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको सबैभन्दा ठूलो प्राथमिकता बन्न थालेको छ।

धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्दै आएको अवस्थामा ग्रेट वाल मोटर्स (जीडब्लूएम)ले आफ्नै भगिनी कम्पनी स्भोल्ट इनर्जी मार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । यही कारण जीडब्लूएमले आफ्नो ब्याट्री प्रविधिको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सफल भएको जनाएको छ।

नेपालमा हालै सार्वजनिक भएको जीडब्लूएम ओरा ५ इभी एसयस्भीमा प्रयोग गरिएको ड्रागन आर्मर व्याट्री पनि जीडब्लूएम अन्तर्गतको अत्याधुनिक ब्याट्री निर्माता कम्पनी एसभोल्टले विकास तथा उत्पादन गरेको कम्पनीले जनाएको छ । वर्षौंको अनुसन्धान र प्रविधि विकासपछि तयार गरिएको यो ब्याट्रीले आगो र पानी प्रतिरोधी उच्च सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता तथा उत्कृष्ट कार्यसम्पादनलाई एउटै प्लेटफर्ममा समेटेको विज्ञप्तिमा उल्लेख छ ।

ड्रागन आर्मर नाम रहनुको कारण यसको विशेष आन्तरिक संरचना रहेको बताइएको छ । ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनको खप्टाजस्तै तहतहमा मिलाएर राखिएको र यसले विशेष प्रकारको डाउनवर्ड भेन्टिङ प्रणाली निर्माण गरने र कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने विज्ञप्तिमा उल्लेख छ । यसै कारण यो संरचनाले यात्रुहरूको सुरक्षाका लागि थप सुरक्षात्मक कवचको रूपमा काम गर्ने कम्पनीको दाबी छ ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार  १७ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।