गोदरेजको आधिकारिक बिक्रेता म्याट्रिक्सको वार्षिक आम्दानी १ अर्ब बढी

0
Shares

नेपालमा गोदेरज ब्रान्डका उत्पादनहरुको आधिकारिक बिक्रेता म्याट्रिक्स प्रालिले सन् २०२२ मा १ अर्ब ९ करोड ६० लाख सञ्चालन आम्दानी गरेको छ ।

सन् २०२१ मा ९५ करोड ६० लाख आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा १५ प्रतिशतले बढेर १ अर्ब ९ करोड ६० लाख पुगेको हो ।

कम्पनीको आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा समेत सकरात्मक सुधार आएको छ । सन् २०२२ मा अर्मोटाइजेसन, ह्रासकट्टी, ब्याज, कर र भाडा सहितको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको ४.२ प्रतिशत रहेको छ ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले कपालमा लगाउने मेहेन्दी, साबुन, मच्छड धपाउने स्प्रे लगायतका सामाग्रीहरुको बिक्री वितरण गर्दै आएको छ । मेहेन्दी र मच्छड धपाउने स्प्रेबाट मात्रै कम्पनीले ६० प्रतिशत आम्दानी गर्ने गरेको छ ।

कम्पनीमा आकाश गोल्छा र जयन्त कुमार अग्रवालको लगानी रहेको छ । ६४ करोड बराबरको अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन कर्जाका लागि ए४ रेटिङ पुनःपुष्टि गरेको छ ।

कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले लिएको ऋणको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको १.३ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।