सरकारले बैरागीलाई हटाएर अर्याललाई बनायो मुख्यसचिव


सरकारले मुख्यसचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको खानेपानीमन्त्री महिन्द्र राय यादवले जानकारी दिए ।

शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । अर्याल यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिव थिए ।

हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो । हालका मुख्य सचिव वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको बताइएको छ । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।