मेच्छियाम हाइड्रोको सेयर कारोबार आइतबारदेखि सुरू हुँदै, कतिमा खुल्ला ?


मेच्छियाम हाइड्रोपावर लिमिटेडको धितोपत्रको दोस्रो बजारमा आइतबारदेखि सेयर कारोबार सुरू हुने भएको छ । दोस्रो बजारमा कारोबार सुरू गर्न कम्पनीले सूचीकरण सम्झौता गरेको हो । मेच्छियाम हाइड्रोपावर लिमिटेडले आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्स) सँग सेयर सूचीकरण सम्झौता गरेको हो ।

बिहीबार मेच्छियाम हाइड्रोपावरको संस्थापक र साधारण गरी कुल ५४ लाख २५ हजार ८३३ कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ । सम्झौता अनुसार स्थानीय बासिन्दाहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीहरु र सर्वसाधारणलाई वितरण गरीएको चुक्ता पुँजीको ३० प्रतिशतले हुने आउने १६ लाख २७ हजार ७५० कित्ता साधारण सेयर सुचीकृत गरेको हो ।

यस्तै कम्पनीका संस्थापक सेयरधनीहरुलाई वितरण गरेको ७० प्रतिशतले हुने आउने ३७ लाख ९८ हजार २३ कित्ता सुचीकृत भएको हो । यससँगै अब आईपीओ सेयर पाएका लगानीकर्ताले आइतबारदेखि आफूले पाएको सेयर दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारका लागि ओपनिङ रेञ्ज न्यूनतम ७७.४५ रुपैयाँदेखि २३२.३५ रुपैयाँसम्म दिएको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार यहि रेञ्जभित्र हुनेछ । जसमा न्यूनतम ७७ रुपैयाँदेखि अधिकतम २३२ रुपैयाँसम्म कम्पनीको धितोपत्र कारोबारमा आउनेछ ।

नेप्सेले मेच्छियाम हाइड्रोपावर लिमिटेडको दोस्रो बजार कारोबारका लागि एमसीएचएल कारोबार संकेत दिएको छ । प्रधान कार्यालय काठमाण्डौं जिल्ला, लैनचौर प्रधान कार्यालय रहेको कम्पनीको सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस सेवा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौंबाट हुने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।