जेठ महिनामा मनकामना केबलकार यात्रा गर्नेको संख्या अहिले सम्म कै उच्च

0
Shares

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ।

आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। यस वर्षको जेठमहिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ ।

यस अघि आब २०७५/७६ मा जेठ महीनामा नै १ लाख ३५ हजार २७२ को मासिक रेकर्ड थियो । जून यस आब को जेठ महिनामै तोड़िएको छ । यसरी यस आब को जेठ महीनाको औसत प्रति दिन यात्री ४ हजार ७०० पुगेको छ ।

यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार ७६० (२६.४१%) भारतीय हरुले मनकामना भ्रमण गरेको जनाइएको छ । पहिलो नंबरमा ७ लाख हजार ५९३ (६९.०८%) सहित नेपाली यात्री रहेका छन। यस वर्ष भने औसत प्रति दिन यात्री ४ हजार ७०० पुगेको कम्पनीले जनाएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।