डिजिटल नेपाल कन्क्लेभ २०२३ को लागि ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता


डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजनाको लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ ।

शुक्रवार ह्वावे नेपाल कार्यालयमा भएको सम्झौतामा ह्वावे नेपालका सिइओ हवांङ जुन र आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।

डिजिटल रुपान्तरणको प्रयास स्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी ब्यप्तिहरु एकैठाउँमा उपस्थित हुनेछन् । डिजिटल नेपाल कन्क्लेभ २०२३ असार ८ र ९ गते सोल्टी काठमाण्डौँमा आयोजना हुने बताइएको छ । कन्क्लेभमा नेपाल बाहेक दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेश, अमेरिका लगायतबाट प्रस्तुतिको लागि बिज्ञहरुको उपस्थिति हुनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकले जानकारी दिएको छ । डिजिटल नेपाल कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो । यसवर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक रिसर्च पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ ।

‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाइ सघाउ पुर्याउने गरि फाउन्डेसनले गतवर्षदेखि सुरु गरेको बृहत सम्मेलन हो ।कन्क्लेभसंगै ह्वावेले मोबाइल नेपाल कंग्रेशको पनि आयोजना गर्दैछ, जहाँ फाईभजी, एआइ लगायतका नयाँ प्रविधिहरुको बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ ।

ह्वावे मोबाइल नेपाल सम्मेलन जुन विषय वस्तुमा केन्द्रित छ, त्यसैमा आधारित रहेर सम्मेलनले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र वातावरण, सामाजिक तथा सुशासनका लागि आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ असार २०८०, आइतबार  ०६ : ५९ बजे