दुई कम्पनीले संस्थापक सेयर बेच्दै


मितेरी डेभलपमेन्ट र नाडेप लघुवित्तले संस्थापक सेयर बिक्री गर्ने भएको छ । मितेरी लघुवित्तले ३९ हजार १६२ कित्ता सेयर बिक्री गर्ने भएको छ भने नाडेप लघुवित्तले ७ हजार ५९० कित्ता सेयर बिक्री गर्ने भएको हो ।

मितेरी लघुवित्तकोे २९ हजार १६२ कित्ता सेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने १० हजार कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीका लागी बिक्रीमा ल्याएको छ ।

लघुवित्तको संस्थापक सेयरमा आवेदन दिन आज असार ३ गतेदेखि ३५ दिनभित्र प्रभु क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सक्ने छन् । यस्तै नाडेप लघुवित्तको संस्थापक सेयरमा संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । सेयरमा आवेदन दिन आज असार ३ गतेदेखि ३५ दिनभित्र केन्द्रिय कार्यालय गजुरीमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।