सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


स्थानिय बजारमा सुनको भाउ २ सय रुपैयाँले बढेर छ । शुक्रबार ८ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

यसैबिच तेजावी सुनको भाउ १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ ।

यता हिजोको तुलनामा चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । शुक्रबार २० रुपैयाँ बढेको चाँदीको भाउ आज पुनः २० रुपैयाँ बढेको हो । आइतबार चाँदीको भाउ १ हजार ४४५ रुपैयाँमा कायम गरिएको छ । शुक्रबार चाँदी १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५७ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २४ दशमलव २ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।