इसेवाको पहिलो कारोबारमा आइफोन-14 जित्ने मौका


इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन-14 जित्न सकिने अफर सार्बजनिक गरेको छ ।

नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन-14 र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्बजनिक गरेको हो ।

यस योजनामा सहभागी हुन सेन्ड मनि बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड ‘FIRST10’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १० प्रतिशतको क्यासब्याक समेत पाउन सकिनेछ ।

इसेवाले सार्बजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ । प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ । भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।