विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सांसदको आग्रह


नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा देखा परेका अन्तरविरोधलाई चुनौतीकारुपमा लिएर विकासका माध्यमबाट राष्ट्रलाई सम्मुनत बनाउन सक्नुपर्ने बताएका छन् ।
 
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहितका शीर्षकको छलफलमा भाग लिँदै सांसद सापकोटाले परम्परागतरुपमा विदेश नीति सञ्चालन नगरी एकरुपता कायम गर्दै  सम्भावनाबीच अगाडि बढेर राष्ट्रलाई समुन्नतिमा लान सक्नुपर्ने माग गरेका छन् । 
 
उनले श्रम कूटनीतिलाई प्रभावकारी बनाउँदै रोजगारी सिर्जनामा लाग्न सुझाव दिए । सांसद सापकोटाले नीति तथा कार्यक्रमको मूल मर्मअनुसार बजेटमा सङ्गति मिलाउन र सङ्घीयतालाई प्राथमिता दिन आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।