कनेक्ट आइपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड 2.0’ अफर


कनेक्ट आइपीएसले ‘रिफर अ फ्रेन्ड 2.0’ अफर अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रिफर गर्ने सुविधा ल्याएको छ ।

उक्त अफर अन्तर्गत आजदेखि असार ३१ गतेसम्म ‘रिफरर’ ले आफ्नो बैंक खाता भेरिफाई गराएपछि ‘रिफर’ ले २५ रुपैयाँ र ‘रिफ्री’ ले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

अफरको फाइदा लिन ‘रिफर’ ले आफ्ना साथी तथा आफन्तजनहरुलाई आफ्नो ‘रिफरल कोड’ दिनुपर्ने हुन्छ । ‘रिफरी’ले भने कनेक्ट आइपीएसमा नयाँ यूजर रजिष्टर गर्दा उक्त ‘रिफरल कोड’ दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात ‘रिफरर’ ले २५ रुपैयाँ आफ्नो बैंक खातामा र ‘रेफ्री’ ले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

‘रिफरर’ ले आफ्नो ‘ रिफरल कोड’सँगै लिन्क पनि शेयर गर्न सक्नेछ र रेफ्रीले उक्त लिंक क्लिक गरी www.connectips.com वा मोबाइल एप मार्फत नयाँ यूजर बनाउन सक्नेछ । रिफ्री को लिंक गरिएको खाता भेरिफाई भए पश्चात मात्र रेफरल रकम खातामा प्राप्त हुने हुँदा रिफ्रीले अफर अवधि भित्र खाता भेरिफाई गराई सक्नुपर्ने हुन्छ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपीएसको वेब मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।