हिमालयन बैंकको साढे २१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २१ लाख ८६ हजार ५७५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले गिरेन्द्र मान श्रेष्ठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको नाममा रहेको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालीलाई १५ लाख ९० हजार कित्ता सेयर, राम प्रकाश श्रेष्ठको नाममा रहेको १३ हजार १५३ कित्ता, निता गुरुङको नाममा रहेको ९ हजार ३५९ कित्ता, प्रकाश तायलको नाममा रहेको ३ लाख ३३ हजार ३४८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको यो पटकको लिलामीमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिएको छ ।

संस्थापक सेयरधनीहरुले आज असार ७ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय कमलादि काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् । ३५ दिन भित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।