नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकरलाई २ हजार ५९९, अफरमा १ हजार ९९९ मात्र


अल्टिमा लाइफस्टाईले अल्टिमा डाइनामाइट लिएर आएको छ । अल्टिमाले नेपाली बजारमा सबै संगीत प्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो ।

हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच “वाच म्याजिक“ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ किर्तीमान कायम गर्न सफल भएको छ ।

नेपालको सबैभन्दा ठुलो ई –कमर्स प्लेटफर्म – ‘दराज’ बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो ।

अल्टिमा डाइनामाइट स्पिकरले ११ घण्टा सम्म राम्रो प्लेब्याक प्रदान गर्दछ। यस स्पिकरमा रहेको क्ष्एह्ट को विशेषता पानी र झटका प्रतिरोध गर्ने हो जसले गर्दा यो स्पिकर साथीहरूसँग पिकनिक, पैदल यात्रा, क्याम्पिङ, वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधिहरू गर्न तपाईंको एक उत्तम सहयोगी हुने बताइको छ ।

अल्टिमा डाइनामाइट को मूल्य २ हजार ५९९ रुपैयाँ रहेको छ, तर विशेष लन्च अफरको रूपमा, पहिलो १०० ग्राहकहरूले यो स्पिकर मात्र १ हजार ९९९ रुपैयाँमा दराजबाट असार ७ गतदेखि खरिद गर्न सकिने छ । साथै यो स्पिकर असार ९ गते देखि सबै अनलाइन र अफलाइन माध्यमहरूमा उपलब्ध हुनेछ ।

अल्टिमाले नेपालको अग्रणी डिजिटल वालेट प्रदायक ‘खल्ती’ सँग सबै अल्टिमा उत्पादनहरू बिक्री गर्नका लागि सहकार्य गरेका छन् । जसले गर्दा अब ‘खल्ती बजार’ बाट सबै अल्टिमाका उत्पादनहरू खरिद गर्न सकिने छ । यस विशेष सहकार्यका लागि अल्टिमाले प्रि–बुकिङ अफर, उपहार लगायतका अन्य अफरहरु पनि सञ्चालन गरिरहेका छन् । खल्तीका प्रयोगकर्ताले अब मात्र १ रुपैयाँमा अल्टिमा डाइनामाइटको प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरेका सबै ग्राहकले मात्र १ रुपैयाँ ९९९ रुपैयाँमा स्पीकर पाउन सक्नेछन् ।

प्रि–बुकिङ आज असार ७ गते देखि सुरु भई असार ९ गते सम्मसम्म चल्नेछ भने अल्टिमा डाइनामाइटको बिक्री असार ९ गते देखि सुरु हुनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।