सुनको भाउमा गिरावट कायमै, तीन दिनमा १५ सय घट्यो


स्थानिय बजारमा छापावाला सुनको भाउमा लगातार गिरावट आएको छ ।

सुनको भाउमा सोमबारदेखि लगातार गिरावट आएको हो । आज सुनको भाउ ५ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको भाउ १ लाख १२ हजार रुपैयाँ कायम गरिएको थियो थियो । त्यसको भोलीपल्ट मंगलबार २ सयले गिरावट आएको थियो । यस्तै हिजो बुधबार छापावाला सुनको भाउ ८ सय रुपैयाँले घटेको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउमा गिरावट आएकोले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ९५० रुपैयाामा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख १० हजार ४५० रुपैयाँ कायम थियो । यता हिजोको तुलनामा आज चाँदीको भाउ २५ रुपैयाँले घटेको छ । बुधबार १ हजार ३८५ रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९३० दशमलव ९९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ५९ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।