शुक्रबारदेखि टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विक–एण्ड सुरु


शुक्रबारदेखि टाटा मोटर्सका शोरूमहरुमा एक्सचेन्ज विक–एण्ड सुरु भएको छ ।

आज असार ८ गतेदेखि १२ गतेसम्म काठमाण्डौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा “एक्सचेन्ज विक–एण्ड“ विशेष एक्सचेन्ज क्याम्प संचालन भएको हो ।

विशेष एक्सचेन्ज क्याम्प अन्तर्गत आफ्ना गाडीसँग टाटा मोटर्सका सर्वाधिक लोकप्रिय विद्युतीय गाडीहरु साटेर फाइदा उठाउन सकिने छ ।
एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनि अथवा ब्राण्डको गाडी लिएर आई टाटा मोटर्सका सर्वाधिक रुचाईएका नयाँ मोडेलका नेक्सन ईभी र टिगोर ईभी संग साट्न सकिने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुम मा ईन्स्योरेन्स सुविधा, बैंकिंग सुविधाका साथै गाडी मुल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछन् ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफर हरु पनि पाईनेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।