सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


छापावाला सुनको भाउमा आज पनि वद्धि भएको छ । आइतबार ४ सय रुपैयाँले बढेर १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १० हजार ४ सय रुपैयाँ कायम गरिएको छ । यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ८५०  रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ६५० रुपैयाँ कायम थियो । आज तेजावी सुनको भाउ २ सय रुपैयाँले नै बढेको हो । यता हिजोको तुलनामा आज चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । आइतबार १ हजार ३५० रुपैयाँमा कायम गरिएको चाँदी आज १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९२५ दशमलव २२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७३ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।