कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा


कुमारी बैंकले ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको उक्त सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रिमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा जो कोही व्यक्ति वा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । बैंकले जेठ ८ गतेदेखि असार १० गतेसम्म संस्थापक सेयरधनीको लागी सेयर बिक्रीमा ल्याएको थियो ।

उक्त अवधिमा संस्थापक सेयरधनीबाट आवेदन नआएकाले बैंकले अन्य व्यक्ति संस्था वा कम्पनीलाई सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्न इच्छुकले आज असार १२ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्ने छन् । सेयर बिक्री मूल्य ११० रुपैयाँ तोकिएको छ ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी बिओके क्यापिटल मार्केट लिमिटेड, नारायणचौर नक्साल काठमाण्डौंमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागी आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ता खरिद गर्न सक्ने छन् । बोलपत्र दाखिला गरेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या र रकममा कुनै हेरफेर वा बोलपत्र फिर्ता लिन पाइने छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।