काठमाण्डौं प्लाजाका रेष्टुरेण्ट र दोहोरी साँझ हटाउन ७ दिने अल्टिमेटम


नेपाल ट्रस्ट कार्यालयले राजघराना गजल रेष्टुरेण्ट एण्ड पार्टी भेन्यू र निरमाया दोहोरी साँझलाई ७ दिन भित्र घर खाली गर्न निर्देशन गरेको छ ।

कार्यालयले पटक पटक घर खाली गर्न निर्देशन दिए पनि सञ्चालकहरू सम्पर्कमा नआएको भन्दै ७ दिनभित्र काठमाण्डौं प्लाजा खाली गर्न निर्देशन दिएको हो ।

नेपाल ट्रष्ट कमलादीस्थित काठमाण्डौं प्लाजा जेठ २६ गते घर खाली गरिदिने विषयका पत्र बुझ्न आउनु हुन भनी फोनबाट सम्पर्क गर्दा उपस्थित नभएकोले सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएको हो ।

वडा कार्यालयका प्रतिनिधि, प्रहरी र सञ्चालकहरू समेतको रोहवरमा सामानहरू बुझिलिई भरपाई गरी सोको मुचुल्का समेत तयार भएको तर घर खाली नभएको सूचनामा भनिएको छ । सात दिनभित्र पनि घर खाली नगराइए कानुन अनुसार घर खाली गर्ने कार्यालयले चेतावनी दिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।